केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे

केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे

एजेन्सी  |  विदेश  |  कार्तिक १, २०७८

भारतको केरला राज्यमा भीषण वर्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । बाढीमा कम्तीमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् । 

बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन् भने पहिरोमा फसेका मानिसलाई राहत सामग्री पुर्‍याउन हेलिकप्टर परिचालन गरिएको छ ।
कोटायाम जिल्लामा एउटा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गरेको भिडियो भाइरल बनेको छ । 

सन् २०१८ मा केरलामा परेको भीषण वर्षापछिको पहिरोमा ४०० जनाको मृत्यु भएको थियो ।