सरकारले साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने

सरकारले साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक १, २०७८

पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रशिक्षकलाई भने ३ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । ‘नेपाल सरकारले आज पुरस्कार दिने निर्णय गरेको छ’, यू-२३ टोलीको बिदाइ कार्यक्रममा मन्त्री गहतराजले भने । 

शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बन्न पुगेको थियो । उपविजेता नेपाली टोली सोमबार बिहान स्वदेश फर्किसकेको छ ।