टी-ट्वान्टी विश्वकप :  श्रीलंकाद्वारा नामिबिया पराजित

टी-ट्वान्टी विश्वकप :  श्रीलंकाद्वारा नामिबिया पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक २, २०७८

काठमाडौं । नामिबियालाई पराजित गर्दै आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजयी सुरुआत गरेको छ । सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

६७ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा आएको श्रीलंकाले १३.३ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा गर्‍यो ।

श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए ।नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले समान १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९.३ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक २९ रन जोडे । 

नामिबियाको ब्याटिङ ध्वस्त बनाउने क्रममा श्रीलंकाका महेश थिक्शानले ३ विकेट लिए ।मंगलबार नै भएको अर्को खेलमा आयरल्याण्डले  विजयी सुरुआत गरेको छ । आयरल्यान्डले  नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको हो ।