प्रिओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो

प्रिओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २, २०७८

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको यस सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेको हो । यस वृद्धिसँगै सूचक २,५८८.२४ विन्दुमा आइपुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंकले घटेको छ।

१३ वटा कम्पनीको ९२४ कित्ता शेयर खरिद-बिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६८.९० अंक घटेर २,५८८.७ विन्दुमा बन्द भएको थियो ।सेसनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनीको भाउ बढेको छ भने ४ वटा कम्पनीको घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ।