उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

एजेन्सी  |  विदेश  |  कार्तिक २, २०७८

भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना नेपाली पनि छन् । ३ दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरू बिचल्लीमा परेका छन् ।

पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका ५ जनामध्ये ३ जना नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताए ।  

उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।