सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ३, २०७८

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकामा बुधबार १०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७७ हजार ९३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । सोमबार एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।