उत्तराखण्डमा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुग्यो

उत्तराखण्डमा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुग्यो

एजेन्सी  |  विदेश  |  कार्तिक ३, २०७८

भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी-पहिरोमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बाढी-पहिरोमा अझै केही मानिस हराइरहेका छन् । बाढी-पहिरोका कारण दर्जनौँ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन् भने पुल तथा संरचना भत्किएका छन् । 

पर्यटकहरूको महत्त्वपूर्ण गन्तव्य मानिने उत्तराखण्डमा आएको पछिल्लो बाढीलाई विज्ञहरूले जलवायु परिवर्तन र जथाभावी निर्माण भएका संरचनासँग जोडेका छन् । 

बाढीले भारतको दक्षिणी राज्य केरलासमेत यसबाट प्रभावित छ । केरलामा बाढीबाट २६ जनाको मृत्यु भइसकेको छ । दुवै राज्यमा यस वर्ष अत्यधिक वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ । 

केरलामा यस वर्ष ४५३.५ मिलिमिटर वर्षा भएको छ । गत वर्ष १९२.७ मिलिमिटर वर्षा भएको थियो । सामान्यतया अक्टोबरमा ३० मिलिमिटर पानी पर्ने उत्तराखण्डमा पछिल्लो २४ घन्टामा मात्र १२२.४ मिलिमिटर वर्षा भएको छ ।