प्रि-ओपन सेसनमा ११.१० अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा ११.१० अंकले बढ्यो नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ३, २०७८

बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ११.१० अंकले बढेको छ । बुधबारको सो सेसनमा ११.१० अंक बढेर दुई हजर ५२२.२० विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार नेप्से ७७.३३ अंक घटेर दुई हजार ५१०.७३ विन्दुमा बन्द भएको थियो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.०६ अंकले बढेको छ ।

बुधबार प्रि-ओपन सेसनमा २९ वटा कम्पनीको शेयर कारोबार भएको छ, जसमध्ये २५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी २ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।