रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ३, २०७८

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ हाइड्रोपावरले ४ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । 

यसअनुसार बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् । लाभांश पारित गर्न कम्पनीले १७ कात्तिकमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले केन्द्रीय कार्यालय, थापाथलीमा १८औँ वार्षिक साधारणसभा डाकेको छ । सभा बिहान ११ बजे भर्चुअल अर्थात् जुमको सहायताबाट आयोजना हुनेछ ।

सभामा रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावरमा गाभिने सम्बन्धमा विशेष प्रस्ताव पारित हुनेछ । साथै, गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेण्डा छन् ।