सामलिङ्ग पावरको आईपीओ भोलिदेखि निष्कासन

सामलिङ्ग पावरको आईपीओ भोलिदेखि निष्कासन

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ३, २०७८

सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण शेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले निष्कासन गर्ने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्ने सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  

यस कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उक्त शेयरमा सर्वसाधारणले ८ कात्तिकसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा १८ कात्तिकसम्म आवेदन मिति बढ्ने कम्पनीले जनाएको छ ।