नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, बोनस शेयरमा वृद्धि

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, बोनस शेयरमा वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ३, २०७८

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो ।

बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियाे । यसअघि बैंकले ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

अब बैंकले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको बोनस शेयर बाँड्नेछ । ५५ करोड ९ लाख ६० हजार ८९७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

संचालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको अनुमोदन तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।