ह्युस्टनमा विमान दुर्घटनापछि आगलागी, सबै यात्रु सकुशल

ह्युस्टनमा विमान दुर्घटनापछि आगलागी, सबै यात्रु सकुशल

एजेन्सी  |  विदेश  |  कार्तिक ३, २०७८

अमेरिकाको ह्युस्टनमा एउटा विमान दुर्घटना भई आगलागी भएको छ । तर, विमानमा सवार सबै सकुशल रहेका बताइएको छ ।

बोस्टनका लागि उडान भरेको म्याकडोनल डगलस एमडी- ८७ विमान विमानस्थलको एउटा बारमा ठोकिएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो ।

दुर्घटनापछि यात्रु दलका सदस्य र यात्रु सकुशल उत्रिएका थिए । विमानमा चालक दलका सदस्यसहित २१ जना सवार थिए । तीमध्ये २ जना सामान्य घाइते भएका छन् । 

ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगलागी भएको संघीय उड्डयन प्रशासनले जनाएको छ ।