एमालेले बोलायो स्थायी कमिटी बैठक, यी छन् एजेण्डा

एमालेले बोलायो स्थायी कमिटी बैठक, यी छन् एजेण्डा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ३, २०७८

नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । ४ कात्तिक बिहीबार अपराह्न ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । 

उनका अनुसार बैठकका मुख्यतः ५ वटा एजेण्डा छन् । बैठकमा विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन,  ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ  ।