देउवा सरकारप्रति ओलीको असन्तुष्टि, भने: हामीले चाह्यौँ भने एक सातामा सरकार ढालिदिन्छौँ

देउवा सरकारप्रति ओलीको असन्तुष्टि, भने: हामीले चाह्यौँ भने एक सातामा सरकार ढालिदिन्छौँ
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ३, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यशैलीप्रति असन्तोष व्यक्त गरेका छन् । उनले आफूहरूले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने पनि बताएका छन् ।

पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ओलीले आफूहरूले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दाबी गरेका हुन् । वर्तमान सरकारका कार्यशैली र कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै ओलीले सरकारले यस्तै काम मात्र गरिरहे दिनभित्र सरकार ढाल्न सक्ने चेतावनी दिए ।