'एमाले गुटमुक्त हुनुपर्छ'

'एमाले गुटमुक्त हुनुपर्छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ३, २०७८

नेकपा एमालेमा समूहगत स्वार्थ हावी भएको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य असन्तुष्ट बनेकी छन् । 

बाग्मती प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले एमालेको वडा अधिवेशन र पालिका अधिवेशन ६ कात्तिकमा देशभर एकै पटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि पनि पोखेकी छन् । 

आज काठमाडौंमा आयोजित नेकपा एमाले बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा उनले तत्कालै पार्टीको वडा अधिवेशन गरिहाल्नुपर्ने पार्टीको निर्णयमा घुमाउरो ढंगले उनले असहमति जनाइन् । वडा अधिवेशन हतारमा गरेर जस्तोसुकै व्यक्ति नेतृत्वमा आए पनि हुने  भन्ने कुरामा उनले अहसमति प्रकट गरिन् ।आफूले टेक्ने धरातलमा समूहगत स्वार्थ छिर्न दिनु नहुने तथा व्यक्तिगत स्वार्थ छिराउनु नहुने भन्दै शाक्यले पार्टीका केही नेताका पारिवारिक र अन्य स्वार्थहरू हावी भइरहेका आरोप लगाइन् ।यसले पार्टीलाई बलियो बनाउन नसक्ने उनको तर्क थियो । 

समूहगत स्वार्थले पार्टीलाई बलियो नपार्ने भन्दै आफू त्यसको पक्षमा नरहेको पनि शाक्यले प्रस्ट पारिन् । उपाध्यक्ष शाक्यले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने धारणा राखेकी थिइन् ।