प्रि-ओपन सेसनमा सामान्य अंकले नेप्से उकालो

प्रि-ओपन सेसनमा सामान्य अंकले नेप्से उकालो

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ४, २०७८

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ । यस सेसनमा सूचक २ हजार ५७३.०५ विन्दुमा आइपुगेको छ । बुधबार नेप्से ६०.५६ अकंले बढेर २ हजार ५७१.६६ विन्दुमा बन्द भएको थियो ।

बिहीबारकाे यस सेसनमा १६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । बिहीबारको सेसनमा सेन्सेटिभ इन्डेक्स ०.५० अंक बढेको छ ।

आजको प्रि-ओपन सेसनमा ९ वटा कम्पनीको शेयर कारोबार भएको छ, जसमध्ये ५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एउटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ३ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।