बार्सिलोनासँग फातीको ६ वर्षेे सम्झौता नवीकरण

बार्सिलोनासँग फातीको ६ वर्षेे सम्झौता नवीकरण

एजेन्सी  |  खेलकुद  |  कार्तिक ४, २०७८

युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ वर्षको सम्झौता नवीकरण गरेका छन् । बिहीबार १८ वर्षीय युवा खेलाडी फातीले बार्सिलोनासँग बाँकी ६ वर्ष रहनेगरी सम्झौता नवीकरण गरेका हुन् । 

बुधबार राति युईएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलाई १-० गोल अन्तरले पराजित गरेपछि युवा खेलाडी फातीले एक बिलियन युरो (८४६ मिलियन पाउन्ड)मा सम्झौता गरेका हुन् । सम्झौता सन् २०२७ सम्म हुनेछ ।

बार्सिलोनाबाट लियोनल मेस्सी पेरिस सेन्ट जर्मन झरेपछि १० नम्बर जर्सी हाल फातीले लगाइरहेका छन् । यससँगै फाती यस हप्ता बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने दोस्रो खेलाडी बनेका छन् । फातीले बार्सिलोनाको पहिलो टिमबाट ४७ खेल खेल्दै १५ गोल गरेका छन् ।