बेमौसमको बहस: प्रचण्ड र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको रटान

बेमौसमको बहस: प्रचण्ड र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको रटान

न्युज कारखाना  |  दृष्टिकोण  |  कार्तिक ४, २०७८

पछिल्लो समय नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्ष जित्ने नेताहरू छैनन् भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को आँकलन छ । यस्तो अवस्थामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने उनलाई त फाइदा नै हुन्छ नि !

देशभरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने त उनले पार्टी ठीक ठाउँमा राख्न सक्ने भए, कसलाई सांसद बनाउने, कसलाई नबनाउने भन्ने त उनले निर्णय गर्ने भए । चुनावमा माओवादी केन्द्रको केही मत त आउँछ नै, अहिलेको स्थिति हेर्दा प्रत्यक्षतर्फ माओवादी केन्द्रबाट जति सांसद चुनिन्छन्, समानुपातिकबाट त अवश्य नै त्यो संख्या बढी हुन्छ ।

चुनावमा एउटै पार्टीले बहुमत ल्याउन सक्ने सहज स्थिति अहिले छैन । माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी नभए पनि तेस्रो वा चौथो पार्टी बन्न सक्छ । त्यसैले एउटै पार्टीको सरकार बन्न नसक्ने अवस्थामा म ‘किङ मेकर’ बन्न सक्छु भन्ने प्रचण्डको ठम्याइ हुन सक्छ । यसरी पार्टी प्रचण्डको नियन्त्रणमा रहन्छ र सरकारलाई पनि उनले नै घुमाउन सक्छन् । 

त्यस्तो अवस्थामा सरकार गठनका लागि सबैले प्रचण्डलाई ज्यू हजुर गर्नुपर्ने अवस्था आउन सक्छ । प्रचण्डको आफ्नै चाहना पनि पार्टी र सरकारको तालाचाबी आफ्नो हातबाट नफुत्कियोस्, सदैव आफूसँगै रहोस् भन्ने हो । यसो गर्दा पार्टीभित्रका गुटहरूसँग डिल गर्न पनि सहज हुन्छ ।

प्रचण्डले मुलुकका जनजाति, मधेसी, थारू, मुस्लिमलगायत अल्पसंख्यकहरूको उचित प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको जिकिर गर्दै आएका छन् । उनले सकेसम्म यसको औचित्य प्रस्ट पार्ने जमर्को पनि गर्छन् । तर, हुने के भने, यो निर्वाचन लागू हुने हो भने त माोओवादी केन्द्रको ‘कन्स्टिच्युएन्सी’ विस्तार हुने भयो ।

कांग्रेस र एमालेको आफ्नो पारा छ । कांग्रेसमा २००७ सालदेखि २०१५ सालसम्म जुन परिवारको इन्फ्लुएन्स भयो, अहिले पनि तिनै परिवारको पार्टीभित्र होल्ड छ कि पैसावाल घरानियाँहरूको । एमालेमा चाहिँ २०३८ सालपछि पार्टी कब्जा गर्नेहरूको बोलवाला छ । २०३८ सालमा माले महासचिवबाट सीपी मैनालीलाई कारबाही गरिएपछि जोजो शक्तिमा आए, अहिले पनि पार्टीभित्र उनीहरूकै बोलवाला छ । 

प्रचण्डले बेलाबेलामा फन्डा ल्याउँछन् । चुनाव ‘पिपुल्स च्वाइस’ भएपछि त्यहाँ पनि केही न केही कुरा त फ्याँक्नै पर्‍यो, उनले त्यही मात्र गरेका हुन् । एक हिसाबले हेर्दा त माओवादी केन्द्र अधोगतितिर गइरहेको छ, कतै यसलाई उकास्न सकिहालिन्छ कि भनेर पनि उनले विभिन्न फन्डा ल्याएको हुन सक्छ । 

मैले पहिलेदेखि नै भन्दै आएको छु द्वन्द्वको बारेमा । एलिटहरूको ‘इन्ट्रेस्ट’माथि क्ल्यास भयो भने द्वन्द्व हुन्छ र ‘हार्मोनी’ भयो भने पिस हुन्छ । अहिले प्रचण्डको कुरा पनि अब उनको इन्ट्रेस्टमा क्ल्यास हुने भएमा समाजमा उनले यस्ता कुरा गर्छन् । खाने-मिल्ने, भागबन्डा गर्ने कुरामा एउटै हुन्छन् । वास्तवमा चुरो कुरोचाहिँ यो हो ।

प्रचण्डले बेलाबेलामा फन्डा ल्याउँछन् । चुनाव ‘पिपुल्स च्वाइस’ भएपछि त्यहाँ पनि केही न केही कुरा त फ्याँक्नै पर्‍यो, उनले त्यही मात्र गरेका हुन् । एक हिसाबले हेर्दा त माओवादी केन्द्र अधोगतितिर गइरहेको छ, कतै यसलाई उकास्न सकिहालिन्छ कि भनेर पनि उनले विभिन्न फन्डा ल्याएको हुन सक्छ । 

प्रचण्डले पूर्ण समानुपातिक चुनाव प्रणाली भने पनि व्यवहारतः यसलाई लागू गर्न मुस्किल छ । दुई तिहाइले संविधान संशोधन गरी संविधानमै पूर्ण समानुपातिक निर्वाचन प्रणाली व्यवस्था गरेर मात्र यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ, जुन अहिलेको अवस्थामा सम्भव छैन । त्यसो त प्रचण्डलाई ‘सेफ ल्यान्डिङ’का लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहियो भन्दैमा कांग्रेस र एमालेले काँध थाप्ने अवस्था पनि छैन ।

प्रचण्ड स्वयंलाई पनि यो एजेन्डा लागू हुँदैन भन्ने थाहा छ । तर, चुनावमा जान त केही न केही एजेन्डा वा प्रोपोगन्डा त चाहियो, त्यही भएर पनि पछिल्ला दिनमा विभिन्न सार्वजनिक कार्यक्रममा उनले अभिव्यक्ति दिएका हुन सक्छन् । त्यसो त चुनावसम्म यो एजेन्डा उचालेर फेरि उनी जनजाति, मधेसी, थारू, दलित आदिको सेन्टिमेन्ट ‘क्यास’ गर्न चाहन्छन् । अनि, यस्ता फरक फरक एजेन्डाले अरूको ध्यान पनि तान्छ भने उनको निचोड हुन सक्छ ।

(कुराकानीमा आधारित)