पहिरो प्रभावित क्षेत्रमा जान सकेनन् प्रधानमन्त्री
कार्तिक ४, २०७८

बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् । बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला- ४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर, पहिरो प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अवलोकन गरेर उनी बैतडीतर्फ लागेका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार प्राविधिक कारणले पहिरो गएको क्षेत्रमा हेलिकोप्टर अवतरण हुन नसकेपछि प्रधानमन्त्री देउवाले आकाशबाटै पहिरो अवलोकन गरेका हुन् । ‘थलाराको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर ३-४ पटक अवतरण गर्ने प्रयास गरियो’, प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने, ‘तर, असफल भएपछि उहाँ बैतडीतर्फ जानुभएको छ ।’


न्युज कारखाना समाचार संस्था हाे ।