ट्रम्पले गरे नयाँ सामाजिक संजाल घोषणा

ट्रम्पले गरे नयाँ सामाजिक संजाल घोषणा

एजेन्सी  |  विदेश  |  कार्तिक ४, २०७८

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक संजाल ‘ट्रुथ सोसल’ संचना गर्ने भएका छन् । ट्विटर र फेसबुकले  राष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन गरेपछि उनले नयाँ सामाजिक संजाल संचालन गर्न लागेका हुन् । 

ट्रम्पले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले ट्रुथ सोसल संचलान गर्नेछ । टीएमटीजीले भिडयो स्ट्रिमिङ सेवा पनि सुरु गर्ने जनाइएको छ ।
गत वर्ष राष्ट्रपति निर्वाचनमा साम्प्रदायिक र जातीय द्वन्द्व फैलाउने अभिव्यक्तिपछि ट्विटर र फेसबुकले ट्रम्पको एकाउन्ट निलम्बन गरिदिएका थिए ।