नेप्से दोहोरो अंकले ओरालोमा

नेप्से दोहोरो अंकले ओरालोमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ४, २०७८

आज साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४.७० अंकले घटेर २ हजार ५५६.९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

आज २१६ वटा कम्पनीको ६ करोड १० लाख ६ हजार ४५२ कित्ता शेयर कारोबार हुँदा कुल २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा सानिमा बैंक रहेको छ । यस बैंकको आज २७ करोड १२ लाख ९७ हजार ६०९.८० रुपैयाँको कारोबार भएको छ ।

आज अन्य र म्युचुअल फण्डको समूह मात्र हरियो देखिएका छन् । व्यापार, विकास बैंक, फाइनान्स समूहको सूचक २ प्रशितभन्दा धेरैले ओरालो लागेको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मेरो शेयरका लगानीकर्ता रहेका छन् । लघुवित्त १४४.८० अंकले फाइदामा गएको छ । 

त्यस्तै आज सबैभन्दा धेरै नोक्सान बेहोर्नेमा जोशी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यो कम्पनी माइनस १७.६० अंकले घाटामा गएको छ ।