प्रदेशसभामा गठबन्धनले गर्‍यो मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव

प्रदेशसभामा गठबन्धनले गर्‍यो मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव

न्युज कारखाना  |  समाचार  |  कार्तिक ४, २०७८

बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । 

प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमकट्टेलले शाक्यलेलाई विश्वासको मत दिन नसक्ने बताए । 

उनले गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको बताए । 

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ जना सांसद अपुग हो ।