नेपालमा ठुलो पानी पर्ने क्रम तत्कालका लागि टर्‍यो, हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालमा ठुलो पानी पर्ने क्रम तत्कालका लागि टर्‍यो, हल्कादेखि मध्यम वर्षाको सम्भावना

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ५, २०७८

काठमाडौं । न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भईरहेकाे  छैन ।

स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना कायम रहेको बताइएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीमाका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।