यस कारण नेपालले अस्कारमा भाग लिएन
कार्तिक ५, २०७८

नेपालले अस्करको ९४औँ संस्करणमा भाग नलिने भएकाे छ । 

नेपालको अस्कर कमिटीले १९ असाेजमा अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्मको आवेदन खुलाएको थियो । तर, बिहीबारसम्म कुनै पनि फिल्म दर्ता नभएपछि यस वर्ष अस्कर अवार्डमा नेपालबाट सहभागिता नहुने भएको हाे ।

द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइसेन्जले २२ मार्च २०२२ मा अमेरिकाको लस एन्जल्सस्थित डल्बी थिएटरमा अस्कर अवार्ड आयाेजना गर्दै छ ।

नेपालस्थित अस्कर कमिटी सदस्य सामिप्यराज तिमिल्सेनाले फिल्म प्राप्त नभएको बताए । कम्तीमा एक हप्ता फिल्म हलमा प्रदर्शन भएको हुनुपर्ने वा प्रसिद्ध अनलाइन स्ट्रिमिङमा रिलिज हुनुभएको हुनुपर्ने प्रावधान कुनै पनि फिल्मले पार नगरेको हुँदा यस वर्ष अस्करमा नेपालले सहभागी नजनाउने भएको हो ।

'हामीकहाँ हल नै ढिला खुल्यो, यसले पनि अपेक्षित फिल्मले रिलिज गर्न पाएनन्', कमिटी सदस्य तिमल्सेनाले भने । विमल पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय कमिटीले केही दिनमै अमेरिकास्थित अस्कर कमिटीलाई यसबारे औपचारिक जानकारी गराउने भएको छ ।


न्युज कारखाना समाचार संस्था हाे ।