कुमारी बैंक : काठमाडौँको सिफलमा थप नयाँ शाखा

कुमारी बैंक : काठमाडौँको  सिफलमा थप नयाँ शाखा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ५, २०७८

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँ उपत्यकामा आफ्नो नयाँ शाखा सिफल औपचारिक रुपमा संचालनमा ल्याएकोे जनाएको छ । बागमती प्रदेशको काठमाडौ महानगरपालिका वडा नं. ८,  स्थित सिफल शाखा समेत गरी बागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखाहरु पुगेको छ।

नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

विगत २० वर्ष देखी आफ्ना देशव्यापी १९६ शाखा संजाल, १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिंग इकाईहरु मार्फत अत्याधुनिक बैंकिंग सेवादिंदै आएको समेत बैंकले जनाएको  छ ।