स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस शे्यर दिने, २७ कात्तिकमा साधारणसभा

स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस शे्यर दिने, २७ कात्तिकमा साधारणसभा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ५, २०७८

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा १३औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो ।

सभा नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुनेछ । साधारणसभा तथा लाभांश वितरणका लागि लघुवित्तले १२ देखि २७ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार ११ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभामा बोनस शेयर प्रस्ताव पारित हुनेछ । अन्य लघुवित्तहरूसँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्नका लागि संचलाक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचलाकहरूको निर्वाचन गर्नेलगायतका एजेन्डा छन् ।