सांग्रिला बैंकको बोनस शेयरपछिको मूल्य समायोजन

सांग्रिला बैंकको बोनस शेयरपछिको मूल्य समायोजन

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ५, २०७८

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार बैंकको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । 

नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार ३६८ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेपछिको मूल्य ३३४ रुपैयाँ ५५ पैसा कायम गरेको छ । सांग्रिलाले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ शुक्रबारदेखि १६ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ ।