महिला लघुवित्तको लाभांश संशोधन

महिला लघुवित्तको लाभांश संशोधन

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ५, २०७८

महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसअनुसार अब कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर दिनेछ भने २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यसअघि लघुवित्तले चुक्ता पुँजीको ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले पाउनेछन् ।