चन्द्रागिरि डाँडामाथि

चन्द्रागिरि डाँडामाथि

राम बर्तौला 'आँसु'  |  साहित्य  |  कार्तिक ६, २०७८

चन्द्रागिरि डाँडामाथि घाम
घमाइलो/सीमभञ्ज्याङमा
हिउँ पर्छ थाहा रमाइलो

जात्रैजात्रा थाहाभरि नेवार
गाउँमा स्वागतम् छ
पाहुनालाई हाम्रो ठाउँमा
किसानका पसिनाले भिज्छ
बाँझो भूमि
प्रकृतिले नदिएको केही छैन
कमी जताततै तरकारीको
खेती रमाइलो/चन्द्रागिरि
डाँडामाथि घाम घमाइलो 

कोटथुम्कीमा भेटिन्छन् कि
कतै हु एन साङ
सम्राट अशोक छोरीसँगै
आएकाथे चित्लाङ
वनजङ्गलमा पाखनभेद र
पाइन्छ सुनाखरी
थाहा नगरपालिकाको माया
मुटुभरि ठुलो बजार
बज्रबाराही घुम्न रमाइलो
चन्द्रागिरि डाँडामाथि
घाम घमाइलो ।