शिवम् सिमेन्ट्सको २९ प्रतिशत लाभांश हात पार्ने आज अन्तिम मौका

शिवम् सिमेन्ट्सको २९ प्रतिशत लाभांश हात पार्ने आज अन्तिम मौका

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ७, २०७८

शिवम् सिमेन्ट्सले ८ कात्तिकमा बुक क्लोज गर्दै छ । त्यसैले आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको २९ प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन् । शिवम् सिमेन्ट्सले वितरण गर्न लागेको यो हालसम्मकै धेरै लाभांश हो ।  गत वर्ष कम्पनीले शेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लाभांश प्रस्ताव पारित गर्न शिवमलेले १६ कात्तिकमा छैटौँ साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।  सभामा चालू आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेलगायतका एजेन्डा छन् । शिवमको शेयर प्रतिकित्ता १२ सय २५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।