झापामा ओलीका ३ दिन

झापामा ओलीका ३ दिन
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  कार्तिक ७, २०७८

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित ३ दिन प्रदेश १ मा रहने भएका छन् ।

एमालेका वडा अधिवेशन सकिएको भोलिपल्ट आइतबार गृहनगर झापा पुगेका ओलीले आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्नेछन् ।

८ कात्तिकमा गौरादह नगरपालिका- ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि ओलीले सोही दिन गौरीगंज बजारमा दसैँ, तिहार, छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

भूमिगतकालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी ९ गते पार्टी नेताहरूसँग छलफल गरेर काठमाडौं फर्कने कार्यतालिका छ ।