कुमारी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ७, २०७८

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । कुमारीले शेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र २.६७ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्ताव राख्न साधारणसभा आह्वान गरेको छ ।

कुमारी बैंकले लाभांश प्रस्ताव पारित गर्न १६ कात्तिकमा बैंकको रजिष्टर्ड कार्यालय टंगाल काठमाडौंमा २१औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा बिहान ११ः३० बजे भर्चुअल माध्यम (जुम)मार्फत सुरु हुनेछ । कोरोनाका कारण भर्चुअल रूपमा सभामा उपस्थित हुने शेयरधनीलाई मिटिङ आईडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।
सभामा लाभांश वितरण प्रस्ताव पारित गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसनमा जान उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिनेलगातका एजेण्डा राखिएको छ ।