सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ७, २०७८

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर ल्याएको छ । बैंकले ५ संस्थापक सदस्यहरूको नाममा रहेको ७४ हजार ६९५ कित्ता संस्थापक शेयर आइतबारदेखि बिक्रीमा ल्याएको हो । 

बैंकले बिक्रीमा ल्याएको सो शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सूचना जारी गरेको थियो । तर, यसो गर्दा उक्त शेयरमा कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकको उक्त शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।