सपाेर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

सपाेर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ७, २०७८

सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१.५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको संचालक समितिको ५ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतले हुने एक करोड ९८ लाख रुपैयाँ बराबरको बोनस शेयर र १.५७८९ प्रतिशतले हुन आउने २ करोड ८ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको बोनस वितरणपछि पुँजी ८ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।