भारतका लागि खतरा बन्न सक्ने ३ पाकिस्तानी खेलाडी !

भारतका लागि खतरा बन्न सक्ने ३ पाकिस्तानी खेलाडी !

एजेन्सी  |  खेलकुद  |  कार्तिक ७, २०७८

यूएई र ओमानमा जारी टी- २० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तान खेल्दै छन् । विश्वकपको सुपर १२ अन्तर्गत आज साँझ ७ः ४५ मा दुबई इन्टरनेसनल स्टेडियममा यी २ टिम भिड्नेछन् ।

पाकिस्तान क्रिकेट टिमले कति बेला कस्तो प्रदर्शन गर्न सक्छ भनेर भन्न सकिँदैन । बलियो टिमलाई हराउन सक्ने र कमजोर टिमसँग पराजित हुने पाकिस्तानी क्रिकेटको विशेषता हो । सन् २००९ को विश्वकप विजेता पाकिस्तान यसपटक फेरि उपाधि हात पार्ने दाउमा छ । 

आइतबार उसले कट्टर प्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गरेर विश्वकपको पहिलो खेल खेल्दै छ । टी- २० विश्वकपमा भारतविरुद्ध पाकिस्तानी टोलीको कीर्तिमान निकै खराब छ । टोलीले अहिलेसम्म ५ खेल खेलेको छ र पाँचै खेलमा भारतसँग हार बेहोरेको छ । 

तर, यो विश्वकपमा यूएईको अवस्थामा पाकिस्तानको टोली खतरनाक सावित हुन सक्छ किनभने उनीहरूसँग खेल्ने धेरै अनुभव छ । पाकिस्तानका धेरै खेलाडीहरू छन्, जो भारतका लागि खतरा बन्न सक्छन् । यदि यी खेलाडीहरूले राम्रो गरे भने पाकिस्तानले विश्वकपमा भारतविरुद्ध पहिलो जीत हासिल गर्न सक्छ । 

आज हामी ३ जना पाकिस्तानी खेलाडीका बारेमा उल्लेख गर्दै छौँ, जो भारतका लागि खतरा साबित हुन सक्छन् ।

मोहम्मद रिजवान
पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले भारतविरुद्धको खेलमा ओपनिङ गर्ने भएका छन् । रिजवानले पहिलो ओभरमा छिटो रन बनाएर विपक्षी बलरहरूलाई दबाब दिने प्रयास गर्नेछन् ।

रिजवानले ४३ खेलमा ४८.४० को औसतमा १०६५ रन बनाएका छन् भने एक शतक र ८ अर्धशतक आफ्नो नाममा लेखाएका छन् । रिजवानमा ठूलो स्कोर बनाउने क्षमता छ । यदि भारतीय टोलीले उनलाई सुरुमै आउट गरेन भने भारतका लागि समस्या बढ्नेछ ।

शाहीन शाह अफ्रिदी 
भारतीय दायाँ हाते ब्याट्सम्यान फास्ट बलरसामु निरही हुने कुरा सर्वविदित छ । र, यसलाई ध्यानमा राख्दै फास्ट बलर शाहीन शाह अफ्रिदी पाकिस्तानका लागि ट्रम्प कार्ड साबित हुन सक्छन् । 

शाहिनसँग खुल्ला ओभरमा बल स्विंग गर्ने क्षमता छ । उनले भारतीय शीर्ष अर्डरको ब्याट्सम्यानका लागि धेरै समस्या निम्त्याउन सक्छन् । यदि शाहीनले उद्घाटन ओभरमा भारतको विकेट लिए भने पाकिस्तानका लागि बाटो सजिलो हुन सक्छ ।

बाबर आजम
पाकिस्तानी कप्तान बाबर आजम र भारतीय कप्तान विराट कोहलीको तुलना बारम्बार हुने गरेको छ । पाकिस्तानी टिमका लागि विराट कोहलीको रूपमा उनले महत्त्वपूर्ण भूमिका खेल्छन् । बाबर आजमलाई टी- २० क्रिकेटका सर्वश्रेष्ठ खेलाडी मानिन्छ ।

उनले टी- २० मा लगातार राम्रो प्रदर्शन गरेर आफूलाई प्रमाणितसमेत गरिसकेका छन् । बाबरले पाकिस्तानका लागि ६१ टी- २० खेलमा २ हजार २०४ रन बनाएका छन् भने उनको नाममा एक शतक र २० अर्धशतक रहेको छ । बाबर आफ्नो शानदार प्रदर्शनका कारण भारतका लागि एक ठूलो खतरा साबित हुन सक्छन् । बाबर आजमको विकेट भारतको दृष्टिकोणबाट धेरै महत्त्वपूर्ण हुनेछ ।