सिद्धार्थ बैंकले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

सिद्धार्थ बैंकले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ८, २०७८

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभा‌ंश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सो लाभांश शेयरधनीले प्राप्त गर्नेछन् । हाल चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँ रहेको बैंकको १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३० रुपैयाँ पुग्नेछ ।