प्रि-ओपन सेसनमा ६.६१ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा ६.६१ अंकले बढ्यो नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ९, २०७८

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक बढेको छ । यस सेसनमा नेप्से ६.६१ अंकले बढे २ हजार ६७८.८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९४ अंक बढेको छ । 

अघिल्लो कारोबार दिन अर्थात् सोमबार ८७.६३ अंक बढेर २ हजार ६७२.२५ विन्दुमा बन्द भएको थियो । मंगलबार प्रि-ओपन सेसनमा २४ वटा कम्पनीको ४३ लाख एक हजार ५४७ रुपैयाँ ९० पैसा बराबरको ७ हजार ५७१ कित्ता शेयर खरिद-बिक्री हुँदा २१ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

मंगलबार ३ वटा कम्पनीको शेयर मूल्य भने ओरालो लागेको छ ।