आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से

आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ९, २०७८

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.८२ अंकले बढेर २ हजार ७५१.७ विन्दुमा पुगेको छ । सोमबार नेप्से ८७.६३ अंकले बढेर २ हजार ६७२.२५ विन्दुमा पुगेको थियो ।  

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ वटा कम्पनीको ११ करोड ४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ४ अर्ब ३० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कामना सेवा विकास बैंकको भएको छ । यास बैंकको आज ४४ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।            

आज सबै समूहको सूचकमा हरियाली छाएको छ । मंगलबार होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै प्रतिशतले उकालो लागेको छ । सो समूहको सूचकमा ७ प्रतिशतभन्दा धेरैको सुधार भएको देखिन्छ । आज कारोबार भएका कम्पनीमध्ये ७ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १३ व६ा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने २ वटा कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।   

नेप्सेका अनुसार आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।