दोस्रो क्वालिफायरमा सन्दीपको टोली दिल्ली क्यापिटल्स चेन्नईको सामना गर्दै

दोस्रो क्वालिफायरमा सन्दीपको टोली दिल्ली क्यापिटल्स चेन्नईको सामना गर्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २७, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा आज नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सको सामना गर्दैछ ।

चेन्नई पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो । दिल्लीले भने इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई हराएर दोस्रो क्वालिफायरका लागि स्थान बनाएको हो ।

आजको विजेताले मुम्बईसँग मे १२ मा फाइनल खेल्नेछ ।

सन्दीपको सम्भावना कति ?

यो खेलबारे नेपाली क्रिकेटप्रेमीको एक चासो छ– आजको खेलमा सन्दीपले खेल्न पाउलान् कि नपाउलान् ?

दिल्लीले सन्दीपलाई खेलाउने सम्भावना कम छ । किनकि दिल्ली पछिल्लो विजेता टिम उतार्ने मनस्थितिमा छ ।

सन्दीपले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा १२ को इकोनोमी रेटमा रन खर्चिएपछि पछिल्ला तीन खेलमा उनी टिममा पर्न सकेका छैनन् ।