नेकपा (एस)ले पायो चुनाव चिह्न कलम

नेकपा (एस)ले पायो चुनाव चिह्न कलम
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १०, २०७८

नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिह्न कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिह्न प्रदान गरेको हो ।

नेकपा एकीकृत र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिह्नलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ ।