फेसबुकका सहसंस्थापक क्रिस ह्युज भन्छन्– फेसबुकमाथि नियन्त्रण आवश्यक छ

फेसबुकका सहसंस्थापक क्रिस ह्युज भन्छन्– फेसबुकमाथि नियन्त्रण आवश्यक छ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७६

न्युयोर्क । फेसबुकका सह संस्थापक क्रिस ह्युजले चेतावनी दिँदै भनेका छन्– फेसबुकका मालिक जुकरबर्ग आवश्यकभन्दा बढी शक्तिशाली भएकाले फेसबुक टुक्रिनु आवश्यक बनिसकेको छ । ह्युजले फेसबुकमाथि आरोप लगाउँदै भनेका छन्– कि त यसले आफ्ना प्रतिद्वन्द्वी कम्पनीलाई किनिदिन्छ कि त उनको नक्कल गर्छ, ताकि सोसल मिडियमा उसको वर्चश्व कायम रहिरहोस् । यसले गर्दा लगानीकर्ता अरु कम्पनीमा लगानी गर्दैनन् ।

ह्युज र जुकरबर्गले सन् २००४ मा हावर्ड युनिभर्सिटीमा अध्ययन गर्दाताका फेसबुकको अवधारणा अघि सारेका थिए । तर, करिब १० वर्षअघि नै ह्युजले फेसबुक छाडिसकेका छन् । अहिले उनी अमेरिकाको इकोनोमी सेक्युरिटी प्रोजेक्टसँग आवद्ध छन् । यो संगठन देशमा युनिभर्सल बेसिक इन्कम लागू गर्ने माग गरिरहेको छ ।

न्युयोर्क टाइम्सको सम्पादकीयमा ह्युजले आरोप लगाएका छन्– फेसबुकले आफ्नो व्यापार बढाउन प्रयोगकर्ताको सेक्युरिटी तथा सभ्यतासँग सम्झौता गरेको छ । उनले भने, ‘जुकरबर्गको विश्वमा अप्रत्यासित रूपले प्रभाव बढेको छ, अहिले उनी फेसबुक मात्रै नएर इन्टाग्राम र ह्वाटसपमाथि पनि नियन्त्रण राखिरहेका छन् । कम्पनीको बोर्ड पनि एक सल्लाहकार समितिसरह काम गर्छ, न कि आफ्नो प्रमुखकको कामकाजमाथि निगरानी राख्ने हिसावले ।’

सम्पादकीयमा अगाडि ह्युजले आरोप लगाउँदै भनेका छन्– जुकरबर्गका नीतिले गर्दा नयाँ इन्टर पेनरसिपमा खतरा उत्पन्न भएको छ । यसले उपभोक्ताको विकल्प सीमित बनाउँछ । उनका अनुसार फेसबुकको बढ्दो शक्तिको सबैभन्दा नकारात्मक असर व्यक्तिको अभिव्यक्तिमाथि नियन्त्रण गर्नु हो । फेसबुकले दुई अरब प्रयोगकर्ताको कुराकानीमाथि निगरानी राख्नुका साथै त्यसलाई सेन्सरसिप गर्ने शक्ति विकसित गरेको छ ।

ह्युजले भनेका छन्– फेसबुकको शक्ति कम गर्न अमेरिकी सरकारले दुई काम गर्नुपर्छ । पहिलो, फेसबुकको एकाधिकार हटाउनु जरुरी छ तथा यसलाई अमेरिकी कानुन अनुसार चलाउने व्यवस्था गरिनुपर्छ । उनले सरकारसँग इन्स्टाग्राम र ह्वाट्सअपलाई फेसबुकसँग अलग गर्न र फेसबुकमाथि अरु कम्पनी अधिकरण गर्न नपाउने नियम बनाउन माग गरे । यसबाट फेसबुकलाई नै फाइदा हुने उनको दाबी छ ।

–एजेन्सीको सहयोगमा