एमाले सांसद नाराबाजीमा, सभामुख संसद् संचालनमा

एमाले सांसद नाराबाजीमा, सभामुख संसद् संचालनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ११, २०७८

प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् । 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् । तर, उनीहरूले  नाराबाजी गरिरहे पनि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउँदै आएका छन् । 

बिहीबारको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुअघि सभामुख सापकोटाले बैठक संचालनको वातावरण बनाउन सहयोग गर्न आन्दोलित सांसदहरूसँग आग्रह गर्दै आएका छन् ।