साहस ऊर्जा लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत

साहस ऊर्जा लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ११, २०७८

साहस ऊर्जा लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड ५ लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ४५ लाख कित्ता शेयर गरी कुल ३ करोड ५० लाख कित्ता आईपीओ बिहीबार सूचीकृत भएको हो ।

कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएपछि उक्त कम्पनीको शेयर दोस्रो बजारमा आइतबारबाट कारोबार सुरु हुने नेप्सेले जनाएको छ । दोस्रो बजारमा शेयर खरिद-बिक्रीका लागि १३५.११ रुपैयाँदेखि ४०५.३३ रुपैयाँ ओपन रेञ्ज निर्धारण गरिएको छ ।