दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ११, २०७८

साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३.४ अंकले बढेर २ हजार ७८२.१६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८.६ अंकले बढेर २ हजार ७६९.१३ विन्दुमा पुगेको थियो ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज जम्मा ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले २९ करोड १९ लाख ५ हजार ३१६ रुपैयाँको कारोबार गरेको छ । 

आज कारोबार भएका ६ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् । हाइड्रोपावर, माइक्रो फाइनान्स र अन्य समूहको सूचकमा २ प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ भने विकास बैंक, फाइनान्स, निर्जीवन बीमा समूह र लगानी समूहको सूचकमा सुधार आएर हरियो देखिएका छन् । यस्तै, बाँकी सबै समूहको सूचक राताम्मे भएको छ । राता देखिएका सूचकहरूमा शून्यदेखि १.१५ प्रतिशतले गिरावट आएको नेप्सेले जनाएको छ । 

आज सर्वाधिक कमाउनेमा रिडी हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, आज सबैभन्दा धेरै गुमाउने लगानीकर्तामा एभरेु्ट इन्स्योरेन्स  कम्पनी लिमिटेडको प्रमोटर शेयरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ७.७९ प्रतिशतले घटेको छ ।