मेगा बैंक : कपिलवस्तुको चन्द्रौटामा नयाँ शाखा

मेगा बैंक : कपिलवस्तुको चन्द्रौटामा नयाँ शाखा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १२, २०७८

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको  छ । 

बैंकका प्रमुख सूचना अधिकारी  तुल्सीराम पोखरेलकाअनुसार मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो । 

मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।