एभरेस्ट बैंकको १०.४२ प्रतिशत लाभांश घोषणा

एभरेस्ट बैंकको १०.४२ प्रतिशत लाभांश घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १२, २०७८

एभरेस्ट बैंकले चालू आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट शेयरधनीलाई १०.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज (१२ कात्तिक) बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैंकको लाभांश वितरणपश्चात् चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।