उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा

उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १२, २०७८

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १२ कात्तिकमा बसेको संचालक समितिको बैठकले  हाल कायम चुक्ता पुँजीको ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट अनुमानेदन भएपछि मात्र शेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार रुपैयाँ रहेको लघुवित्तको ३२ प्रतिशतका दरले ५ करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि चुक्ता पुँजी २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ ४२ पैसा पुग्नेछ । कम्पनीले अघिल्लो वर्ष १७.८१५ बोनस शेयर दिएको थियो ।