तायाहाङमाको स्वरमा ‘हिमाली शिरमा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
कार्तिक १२, २०७८

काठमाडौँ । नेपाली गायनका क्षेत्रमा डेढ दशकदेखि निरन्तर लागिपरेकी गायिका तायाहाङमा राई अब्बल गायिका हुन् । उनै गायिकाको स्वरमा रेकर्ड भएको पछिल्लो गीत ‘हिमाली शिरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतकार टीका चाम्लिङको मिठासपूर्ण शब्द रचना र विकास चौधरीको सुमधुर सङ्गीत रहेको उक्त गीतको छायाङ्कन सुन्दर नगरी पोखरा र धम्पुस क्षेत्रका रमणीय स्थान गरिएकाले दृश्यहरूले दर्शकलाई लोभ्याउँछन् ।

नायिका मिरूना मगरको कुशल अभिनय रहेको म्युजिक भिडियोलाई गीतकार चन्द्र लामा ‘अनुराग’ले निर्माण गरेका हुन् । भिडियोमा उनले अभिनयसमेत गरेका छन् । वरिष्ठ छायाँकार शिव ढकालले म्युजिक भिडियो खिचेका छन् ।

युवा नृत्य निर्देशक सुमित गुरूङको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने प्रसिद्ध नृत्य निर्देशक कमल राईको निर्देशन कौशलता प्रस्तुत भएको यस म्युजिक भिडियो हरेक पक्षबाट अब्बल बनेकाले हरेक स्तरका श्रोता दर्शकको मन जित्ने देखिन्छ ।

‘हिमाली शिरमा’ म्युजिक भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ