प्राकृतिसँग एक्लो हुन्न आमा

प्राकृतिसँग एक्लो हुन्न आमा

पासाङ लामा  |  साहित्य  |  कार्तिक १२, २०७८

आगामन बैशाखको
शान्त बसन्त बोकि 
प्रारम्भ बर्सतको
पहाडसंग बादल ठोकी 
पलाउछ पाहुना पालुवा
हरियाली बनभरी 
साराथी प्राकृति आमाको
खुसी मनभरी 

उज्यालो पुर्णिामाको जून
सबैको चाहना 
नौलाखे तारा आकाशैको
अमुल्य गहना 
झनै रमाइलो लाग्छ
धर्तीकै दिनरातमा
एक्लो हुन्न आमा
प्रकृतिको साथमा 

लोभ्याउने झर्नको
आवाज गुन्जिने ठाउँ 
कहिँ कलकल खोलाको
शान्त तलाउ 
जलकुम्भी कमल
फुलेको देख्दा सदा 
महसुस हुन्छ प्रकृतिसँग
आमाको नाता

सिमली छायाँ
वरपिपलको माया
अजम्बरी
बटुवाहरु बस्ने दोबाटोको
शितल चौतारी 
जतासुकै पुगेनी पन्छिहरु
थलोमै फर्किदा 
खुसीको सिमाना हुन्न
आमाले सम्झिदा 

सप्तरंगि इन्द्रेणी शिरैको
शिरबन्दी पहाडको 
सम्झना परदेशीको
सधैंभरी गाउँबस्ती
सहरको 
लटरम्म कोदो झुलेको
लालीगुराँस फुलेको
खेतीपाती खेतबारीमै
आमाले दुखहरु भुलेको