बालबालिकाको उमेर, रुचि र क्षमता पहिचान: अभिभावक र शिक्षक पुर्‍याउन नसकेको ध्यान

बालबालिकाको उमेर, रुचि र क्षमता पहिचान: अभिभावक र शिक्षक पुर्‍याउन नसकेको ध्यान

सुशीला नेपाल  |  शिक्षा  |  कार्तिक १४, २०७८

एउटा सानो बिरुवा बढ्नका लागि वरिपरिको वातावरण अनुकूल भए मात्र फक्रन र फुल्न थाल्छ,  हरेक घडीमा त्यस बिरुवालाई घाम पानी अनि मलजल चाहिन्छ । बालबालिका पनि त्यसतै  एउटा बिरुवा हून जसलाई अनुकुल वातावरण दिएर हुर्काउन सकियो भने जसरी  रुखले हजारौं र  लाखौँलाई शीतलता बनी छहारीमुनि अबसर दिन्छ त्यसरी नै  बालबालिकाले समाज र देशको नेतृतव गर्न सक्छन । 

 विशेष ख्याल नगरेमा  बालबालिकाको मानसिक सन्तुलनमा ह्रास आउन सक्छ ।  हामीले गरेका कार्यको मूल्याङ्कन गर्न नसक्दा र बाल्यकालमा पाएको संस्कार अभिभावकको आचरण र परिवारको बोली व्यवहारले बालबालिकाको व्यवहारमा प्रत्यक्ष  प्रभाव वयस्क अवस्थामा पर्ने हुन्छ । समाजमा अनि कार्यस्थलमा देख्छौ कोहीमा  आएको रिसलाई दबाएर नम्र भई बोलेको अनि कोही टोल नै थर्काएर अरूको कुरा नै नसुन्ने गरेकाे पाइन्छ ।  त्यस्ता व्यवहारले हामीलाई मन दुखेको या दुखाएको विषयमा समान्य ख्याल गरेका हुँदैनौं । हामी कसैको गल्ली होइन । जानी जानी कसैलाई मन दुखाउन त मन लाग्दैन तर कोहीमा भने अरूको मन दूखोस नै पनि गरिने आचरणले मनमा ठेस पूगी मानसिक समस्या नेै आउने  गरेका पनि छन् । 

रिस भनेको कर्कलाको पानी जस्तै हो एक छिन अडिन्छ अनि हराइ जान्छ ।  यो  एउटा आवेग हो । कहिले काहीँ नियन्त्रण बाहिर जाँदा हामीलाई नै कठिन अवस्था ल्याउन पनि सक्छ । अनि अरूलाई पनि त्यसैले बोल्दा र व्यवहार गर्दा सचेत हुनुपर्छ कि ? तनावका कारण कहिलेकाहीँ अरूमाथि रिस पोख्ने गरिन्छ । अभिभावकले आवेगलाई सन्तुलन राख्न सिकाउने कोसिस गरौँ । 

एउटा बालक जसलाई भ्रूण अवस्थाबाटै आमामा आउने नकारात्मक सोच बिचार र बोलाई ले प्रभाव पार्दछ । अनि उसका मानसपटलमा छाप बनी बसेको हुन्छ । आमाका आँखाका हेराइबाट सन्सार चिन्दै छ तर हामीलाई लाग्छ पेटमा आएसी अझै पाएसी यसै हुर्किन्छ । त्यो पनि हो हून त पाएसी हुर्किन्छ तर बालबालिका कस्तो बनाउने त अभिभावकको दैनिकीले नै असर पार्दछ ।

रिसाहा बुवा आमाको छोरा छोरी रिसाहा नै रहेछन् भन्ने सुनेका छौ । भनिन्छ नि, ठ्याम्मै आमा कि त बाबा जस्तो रहेछ । साँची नै हामी जस्तो छौ त्यस्तै बनाउने कि आफ्ना नकारात्मक व्यवहारलाई परिवर्तन गर्ने कोसिस गरी बालबालिकालाई बालमैत्री र संस्कार नैतिकता र अरूको सम्मान अनि कुरा  सुन्न सक्ने  अनि बोलेका व्यवहार सकारात्मक तरिकाले बोली दिने हो भनी अवश्य परिवार र समाजमा परिवर्तन सकारात्मक सोचले नै हुन्छ कि ?

पढाइ लेखाइसँग सम्बन्धित सबे व्यवहार पुनरावलोकनका  माध्यमबाट प्रेरित गरी  परिमार्जन गर्न सकिने व्यवहार हुन । कतिपय हाम्रा व्यवहार तालिम पछि सामान्य परिवर्तन भएको देखिन्छ तर कतिपयमा शून्य परिवर्तन हून सक्छ तर बाल्यकालमा सिकेका  ती व्यवहार संधैभरी स्मरणीय हुन्छन् भन्ने हेक्का राखिनु पर्छ ।

हरेक बालबालिकालाई अरुका बच्चासँग तुलना गरेका हुन्छौँ  हामी फलानोको बच्चा कति जाती कस्तो रामे पढेको कति सज्जन ज्ञानी भनेर उपमा दिने गरेका छौँ । के त्यही चिजका  अनि व्यवहार निर्माणका लागि हामीले प्रयास गर्‍यौ त ? सायद, कहीँ कहीँ हामीले चुकेका छौ कि ?  त्यसमा हाम्रो गल्ती पनि छोइन जस्तो वातावरण हामीले बाल्यावस्थामा पाएका थियौँ।

कस्तो परिवेशले हामीलाई के सिकायो र त्यही वातावरणको प्रभाव अहिले देखिएको हो तर त्यो भन्दछौ हामीमा भएका नकारात्मक सोच र बालबालिकालाई पिटेन गाली गर्ने उनीहरूको कुरा नै नसुन्ने गर्दा र धेरै पुलपुलाएर पालेका बालबालिका मा भोलिका दिन देखिने व्यवहार के के हुन सक्छन् त ? 

हामीले भन्छौ आफ्ना बालबालिका डाक्टर पाइलट टिचर होस समाजमा केही गर्न सक्ने मानिस बनोस् । तर संस्कार माया ममता हौसला दिन अनि प्रेरणाका स्रोत हुन सकिकरहेका छैनौं कि ? उनीहरूलाई चाहिएको बेला हामीले समय निकाल्न सकेनौ कि ? बिचार गरौँ,  आजै देखि हामीलाई लाग्छ नि बाल्यकाल सम्झिँदा सायद यो चिज भएको भए आज कहाँ पुग्थेँ होला । भन्ने लाग्छ ति दिन  अवस्था फर्किर्दैन तर आफ्ना  बालबालिकाका लागि उचित सिकाइको वातावरण बनाउन बुवा आमाकै मुख्य भूमिका रहन्छ । 

बालबालिकाको खराब व्यवहार के हून ?  भन्ने कुरामा अभिवाक स्पष्ट हुनु जरुरी छ । प्राय शिक्षक अभिभावकहरू, गृहकार्य नगर्ने पढाइमा ध्यान नदिने सिक्नका लागि उत्सुक नहुने जस्ता सिकाइसँग सम्बन्धित व्यवहार खराब व्यवहार भन्ने गर्दछन् ।यस्ता व्यवहार खराब व्यवहार होइनन् बरु उचित रुपमा प्रेरित नभएका व्यवहार हून । पढाइ लेखाइसँग सम्बन्धित सबे व्यवहार पुनरावलोकनका  माध्यमबाट प्रेरित गरी  परिमार्जन गर्न सकिने व्यवहार हुन । कतिपय हाम्रा व्यवहार तालिम पछि सामान्य परिवर्तन भएको देखिन्छ तर कतिपयमा शून्य परिवर्तन हून सक्छ तर बाल्यकालमा सिकेका  ती व्यवहार संधैभरी स्मरणीय हुन्छन् भन्ने हेक्का राखिनु पर्छ ।

उदाहरण धेरै  दिन सकिन्छ ।  स्कुलको समयमा विषय लाग्दै पास गरेका र अभिभावकबाट गाली गलौच सुनेका अनि कोही प्रथम भई स्कुल नै 'टपर' भनी नाम चलेका पनि भोगिरहेका हुन्छन । कि विषय लागि पास भएकाहरु समाजमा उदाहरणीय  पद अनि व्यवहार सकारात्मक र समाजका प्रतिष्ठित व्यक्ति  बनिरहेको पनि पाउँछौं ।

तर हामी अंक र प्रथमलाई होइन उसको असल बानी अनि संस्कार र माया र सद्भाव, अरूको सम्मान र आदर गर्ने पनि बनाउने कोसिस गर्नु पर्दछ । बालबालिकाको क्षमता र कुशलता को कदर र हौसला दिएमा अवश्य ती बालबालिका भोलिका लागी आफ्नो नाम समाजमा राखन सक्नेछन् त्यसका लागी अभिभावक शिक्षक र समाजको अहम् भूमिका हुन्छ ।

अभिभावक र शिक्षकको भूमिका के के हुन सक्छन् त ? 

समयमा नै बिचार गरी बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउन  अभिभावक र शिक्षिकाले असल र सिकाइको  वातावरण बनाई उनीहरूको उमेर रुचि र क्षमता पहिचान गर्ने विषयमा ख्याल गरिरहेका हुँदैनौँ । विभिन्न कार्यक्रम र क्रियाकलापमा सहभागी गराउने अवसर र सौहार्दपूर्ण वातावरणमा बालमैत्री वातावरण घर र विद्यालयकाे ध्यान जानु जरुरी छ । यती कुरामा पुर्‍याउन  सकेमा भनिन्छ नि आफू हाँस्न मात्र होइन अरुलाई हँसाउन सक्ने नागरिक उत्पादनमा पहिला आफैबाट सुरु गर्ने हाे कि  ?